एनआरएनएको १५ औं युरोपियन भेला मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा हुने

काठमाडौं  ! गैर आबासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिले आगामी मे ५ देखि ७ तारीकका दिन मध्य युरोपियन मुलुक चेक गणतन्त्रको राजधानी प्रागमा १५औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना गर्ने बताएको छ ।

शनिबार आयोजित कार्यक्रममा संघका अध्यक्ष द्वय कुल आचार्य,बद्री केसी र युरोप संयोजक चिन्तामणि सापकोटा,सन्तोष भट्टराईले युरोपियन बैठक, युरोपियन महिला सम्मेलन, युबा सम्मेलनको औपचारिक घोषणा गरेका हुन । युरोप क्षेत्रीय समितिले भेला आयोजनाका निमित्त आन्तरिक तयारी भैरहेको र भेलामा युरोप क्षेत्र र अन्य देशबाट करिव ४०० गैर आवासिय नेपाली अभियन्ताहरू, अतिथि तथा पर्यवेक्षकहरूको सहभागिता रहने बताएको छ । बैठक प्रागको होटेल इन्टरन्यासनलमा आयोजना गरिने र त्यसका लागि एनसीसी चेक रिपब्लिकले अन्य तयारी गरी रहेको पनि जानकारी गराइएकोछ ।
भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईको अध्यक्षतामा मुल आयोजक समिती बनाइ युरोप क्षेत्रका पधाधिकारीहरु ,उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु , सम्बन्धित रास्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिबहरुलाई पदेन सदस्य तथा युरोप क्षेत्रका अन्तराष्ट्रिय समितिका पदाधिकारीहरुलाई पदेन सल्लाहकारको रूपमा चयन गरिएको छ । समितिको सदस्य सचिबमा आयोजक चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीलाई जिम्मेवारी दिईएको छ । उक्त क्षेत्रीय भेलाको ब्यबस्थापनको समन्वय गर्न गठन गरिएको युरोप क्षेत्रका पदाधिकारीहरू,चेक गणतन्त्रका अध्यक्ष र आइसिसी सदस्य रहेको स्टेरिङ्ग कमिटीको सदस्य सचिबमा चेक गणतन्त्रबाट प्रतिनिधित्व गर्ने आईसिसी सदस्य चिरन्जिबी खड्कालाई जिम्मेवारी दीईएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश एनआरएनएका पदाधिकारीहरुले गैर आबासीय नेपाली संघ पछिल्लो अवधिमा निकै कठिन र चुनौतिपूर्ण अवस्थामा रहेको, संस्थागत शाख गिर्दो अवस्थामा पुगेको र प्रबासमा रहेका नेपालीहरुको बृहत्तर एकताको आबश्यकता रहेको बताएका छन । एनआरएनएले अहिले सम्म आर्जन गरेको विश्वाषको बाताबरणलाई अझ बिस्वासिलो बनाउनु पर्ने, अहिलेको असहज र चुनौतीपुर्ण परिस्थितीमा संगठन भित्रका स-साना मतभेदहरूको सिघ्र ब्यबस्थापन गरिनु पर्ने र नेपाल सरकार एबं नेपालका शुभचिन्तक संघ संस्थाहरु सँगको साझेदारी र सहकार्यलाई दरिलो बनाउनु पर्ने सुझाब दिएका थिए ।
एकता साझेदारी र सहकार्यलाई आगामी लक्ष्य बनाउन युरोपियन बैठकको मुल नारा पार्टनरसिप फर प्रोग्रेस राखिएको र सबैको सह-अस्तित्व र सहमतिको आधारमा संगठनका आगामी कार्यक्रमहरु तय गरिने प्रतिबद्धता एनआरएनएले प्रतिबद्दता जनाएको छ ।
युरोपियन बैठकमा सवै गैर आवासिय नेपालीहरू विचको एकता, नेपाली सामानहरूको प्रवर्धन, नेपालमा संभावित संयुक्त लगानी, एनसिसीहरूको प्रभावकारि भुमिका महिलाहरुका समस्याहरू, युवा सिर्जनशिलता युवा इन्टरप्रेनरसिप तथा ज्ञान सिप र पूँजीको मातृभूमिमा स्थानान्तरणका बिषयमा बिशेष छलफल कार्यक्रमको एजेन्डा रहेको पनि आयोजक समितिले जनाएको छ ।
उक्त कार्यक्रममा भएको पत्रकारहरु सँगको अन्तर्कृयामा एनआरएनएका युरोप संयोजक द्वय सापकोटा र भट्टराईले पत्रकारहरुका प्रश्न र जिज्ञाशाको जबाफ दिएका थिए ।
उक्त सम्मेलन सभ्य र भब्य बनाउन आफुहरुले तयारी शुरु गरिसकेको युरोप संयोजक सापकोटाले बताए । उनले सम्मेलनबाट नतिजा ल्याउन युरोप क्षेत्रका सबै एनसिसिहरु र अभियन्ताहरुको सहयोग आवश्यकता रहेको जनाउदै उक्त भेला उत्कृस्ट बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *