एनआरएनहरुलाई देशभित्र लगानीमैत्री बाताबरण बनाउछौं : मन्त्री भण्डारी

काठमाडौं ! उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एनआरएनहरुलाई देशभित्र लगानी गर्ने बाताबरण बनाउने उद्घोष गर्नु भएको छ। एनआरएनए पदाधिकारी एवं अभियान्ताहरुसँगको भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता व्यक्त गर्नु भएको हो। शुक्रबार सिंहदरबार स्थित मन्त्रालयमा बधाई दिन पुगेका एनआरएनए अध्यक्षद्वय बद्री केसी,कुल आचार्यका साथै अन्य पदाधिकारी एवं पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ सहितको टोलीले मन्त्री भण्डारीलाई भेटि संस्थाले झेल्दै आएका समस्याहरु,चुनौतीहरु र सरकारले गर्नुपर्ने सहयोगको बारेमा कुरा राख्नु भएको थियो ।

उक्त भेटमा एनआरएनए अध्यक्ष बद्री केसीले एनआरएनएहरुले विदेशबाट करिब १० खर्ब बराबर रुपैयाँ बार्षिक नेपालमा पठाउने गरेको स्मरण गराउनु भयो । उहाँले उक्त पुँजी सहि ठाउँमा सदुपयोग नभएको भन्दै राज्यले यसलाई सहि नीतिका साथ उपयुक्त ठाउँमा लगानी गर्नुपर्ने बताउनुभयो। अध्यक्ष केसीले आफुहरुले अहिले पहिलो चरणमा १० अर्ब बराबरको फण्ड बनाएर देशका विभिन्न निकायहरुमा लगानी गर्न लागेको बताउनुभयो। उहाँले आफ्नो लगानीलाई सुनिश्चितताका साथै सुरक्षाको ग्यारेन्टी सरकारले गरिदिनु पर्ने माग राख्नुभयो।

अर्का अध्यक्ष कुल आचार्यले पनि आफुले सन् २०१२ देखि नै बेलायतबाट लगानीका लागि कम्पनी स्थापना गरेर यो अभियानको सुरुवात गरेको उल्लेख गर्नुभयो। हामी एनआरएनले चाहदा देशमा ठुलाठुला लगानी भित्रीन सक्ने हुनाले लगानीको सम्मान र सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने माग राख्नुभयो।

अध्यक्षद्वयका भनाइहरुपछि मन्त्री भण्डारीले एनआरएनए पदाधिकारीहरुको चासो चिन्ताहरुलाई आफुले सम्मान गर्ने बनाउनुभयो। देशमा लगानी भित्र्याउन,त्यसको सुरक्षा र सम्मान गर्न वर्तमान सत्ता गठबन्धनले नीति तथा कार्यक्रम मार्फत नै उल्लेख गरिसकेकोले लगानीको सुरक्षाका लागि आवस्यक पहलकदमी गरिने ग्यारेन्टीका साथै ढुक्क हुन अपिल गर्नुभयो।

‘हामी अहिले चुनौतीपूर्ण अर्थतन्त्रमा गुज्रिरहेका छौं तर त्यसलाई चुनौती र अवसर दुबैका रुपमा लिदै अघि बढ्नुपर्छ।तपाईंहरुका माग जायज छन र यी मागहरुलाई सरकारले आवस्यक कानुन बनाइ यथाशीघ्र सम्बोधन गर्छ।’-मन्त्री भण्डारीले भन्नुभयो।

मन्त्री भण्डारीले एनआरएनहरुको पुँजी देश निर्माणका लागि अत्यावश्यक भएकाले आफुहरुले त्यसलाई गौरवका साथ ग्रहण गर्ने बनाउनुभयो। उहाँले एनआरएनहरुको पुँजीलाई सुरक्षित तवरले भित्र्याउन आफुले हरपल पहल गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *