तात्यो एनआरएनए चुनाबी माहोल : आइसिसी सचिबमा सिम्खडाको उम्मेदवारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर तेस्रो साता हुने १० औं महाधिवेशनमा सचिव पदमा बेलायतस्थित एक सकृय अभियन्ताले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका संस्थापक सदस्य रामशरण सिम्खडाले संघको सचिव पदमा उम्मेदवारी दिने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका सिम्खडा संघको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सह-संयोजक हुन् ।

सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामको सुरुआत भएपनि अझै संस्थागत र सबैको अपनत्व हुने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउँदै संस्थागत स्थायित्व र विकासका लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए ।

धादिङमा जन्मिएका सिम्खडासंग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, विभिन्न परोपकारी संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

बेलायतमा सन् २००१ मा भित्रिएका सिम्खडाकै सकृयतामा सन् २००५ मा गैरआवासीय नेपाली संघ स्थापना भएको हो भने २०१२ मा उनको सकृयतामा एनआरएन यूके राष्ट्रिय संयोजक हुंदा स्थापित अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार एनआरएन बृत्तमा सम्मानको साथ हेरिन्छ । नयाँ  सोच र सृजनशील कार्यहरुले एनआरएन माझ जहिल्यै चर्चामा रहने सिम्खडाको सचिब पदमा उम्मेदवारीले तरंग ल्याएको छ ।

उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, पटक-पटक गरेर विधान समिति संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी सफतापूर्वक पूरा गरेका छन् । उनी सन् २०११ को एनआरएनए यूके निर्वाचमा भारी मतान्तरले महासचिव पदमा विजयी भएका थिए ।

बेलायतस्थित रेडिङ विश्वविधालयमा कार्यरत सिम्खडाले नेपालमा हाईड्रो, वैकिङ क्षेत्रमा समेत लगानी गरेका छन् । सिम्खडा एक अब्बल संगठक तथा संस्थाका अन्तरिक विषय मामिला दख्खल राख्ने एनआरएनए अभियन्ताका  रुपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *