एनआरएनए अन्तर्राष्ट्रिय सम्मेलन स्थगित : सम्मेलनको अर्को मिति अनिश्चित

काठमाडौं ! गैरआवसीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिको अन्तरास्ट्रिय सम्मेलन स्थगित भएको छ।आइसिसीको आज बसेको बैठकले सम्मेलन केही समयका लागि स्थगन भएको जानकारी दिएको हो।

२०२१-२०२३ का अध्यक्षका प्रत्यासी कुल आचार्यले सम्मेलन स्थगन गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछी सम्मेलनका बारेमा केही विवाद उत्पन्न भएको थियो।गत सम्मेलनमा पनि आचार्य अध्यक्षका प्रत्यासी थिए,कुमार पन्तसग पराजित आचार्यले आउँदो सम्मेलनमा पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।नेपाली काङ्ग्रेस समर्थित आचार्यले आफू चुनाबमा पराजय हुने डरले सत्ताको आड लिइ सम्मेलन भाड्न परराष्ट्रमा निवेदन दिएको आरोप वर्तमान कार्यसमितिका पदाधिकारीले लगाएका छन।त्यसै अनुरुप सरकारले एनआरएनमा राजनीति गरेपछी सम्मेलन स्थगन गर्न बाध्य भएको उनिहरुको तर्क छ।संघको अर्को सम्मेलनको मिति चाडैं घोषणा गरिने बिज्ञप्तीमा जनाइएको छ।संघले जारी गरेको बिज्ञप्ती यस्तो छ:-

NRNA ICC ले विश्वसम्मेलन,अधिबेशन र निर्वाचन स्थगित गरेको सम्बन्धी प्रेस विज्ञप्ति!!

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बस्यो । गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो । बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।

अन्त्यमा,विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहितअक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *