युरोप संयोजकमा सन्तोष भट्टराईको दरिलो दावेदारी : जित सुनिस्चित

काठमाडौं ! आउँदो एनआरएनए निर्वाचनमा जर्मनीमा रहेका सफल व्यवसायी एवं समाजसेवी सन्तोष कुमार भट्टराई युरोप संयोजकमा उम्मेदवार हुने भएका छन् । ३० वर्ष देखि जर्मनीमा रहँदै आएका रेस्टुरेन्ट व्यवसायी भट्टराई पूर्व आइसिसी सदस्य हुन् । २०१९–२१ का लागि यसै पदमा उम्मेदवार भएका उनी ३ मतले पराजित भएका थिए ।

उनले नेपाली नागरिकता निरन्तरता कार्यदल र नेपाली लगानी कार्यदलका सदस्य को रुपमा जिम्मेवारी पुरा गरि सकेका छन् ।  साथै नेपाल टुरिजम बोर्डको जर्मन लागि दूतको जिम्मेवारी पुरा गरी सकेका उनी एनआरएनए जर्मनीका सल्लाहकारको भूमिका पुरा गरी सकेका छन् ।

सामाजिक क्षेत्रमा पनि त्यत्तिकै जागरुक सुनसरी घर भएका भट्टराईको २०७२  सालको भूकम्पको समयमा पनि उत्तिकै सक्रिय भूमिमा रहेको थियो । उनी सो समयमा धादिङ र सिन्धुलीमा राहत वितरण कार्यको संयोजन गरेका थिए ।

गत दुई दशक देखि यो अभियानमा सक्रिय उनी ,निरन्तरता र पद्धतिको विकासमा पनि सक्रिय रहेका कारण योग्य उम्मेदवारको रूपमा समेत धेरैले हेरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *