एनआरएनए अध्यक्षका लागि डा.बद्री केसीद्रारा उम्मेदवारी घोषणा

काठमाडौं ! गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलन तथा महाधिवेशनका लागि डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी डा. केसीले गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले एनआरएनएको निर्वाचनमा अहिलेसम्म हारेको इतिहास नरहेको भन्दै केसीले अध्यक्ष पदमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको कुरा आत्मविश्वासका साथ व्यक्त गरेका छन् ।

हाल एनआरएनएको वरिष्ठ उपाध्यक्ष रहेका डा. केसीले सङ्घको राष्ट्रिय समन्वय परिषद् (एनसिसी)देखि काम गर्दै आएकाले लामो समयको अनुभव आफूसँग रहेको र आफूमाथि विश्वभरका एनआरएन मतदाताको विश्वास रहेको जिकिर गरे ।

ज्ञातव्य छ, रुसमा बस्दै आएका केसीको नेपालमा चिया, जलविद्युत्, रियल स्टेटलगायत क्षेत्रमा लगानी रहेको छ भने एनआरएनएमा उनी स्थापनाकालदेखि सदस्य रहेका छन् । कोरोना महामारीका बेला विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार र राहतमा उनले एनआरएनएबाट नेतृत्वदायी भूमिका निर्वाह गरेर डा. केसीले प्रशंसा बटुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *