आसन्न एनआरएनए निर्वाचन : यमुना भट्टराईद्रारा सह- कोषाध्यक्ष(महिला) मा उम्मेदवारी घोषणा

काठमाडौं ! NRNA निर्वाचनको मिति नजिकिदै गर्दै त्यसका उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र बनेको छ। नेपाली समयानुसार दशै र तिहारको बिचमा हुने निर्वाचनका लागि लागि अमेरिकाबाट हालकी अभियान्ता यमुना भट्टराईले सह-कोषाध्यक्षमा महिला तर्फबाट उम्मेदवारी घोषणा गर्नुभएको छ।हेर्नुहोस उहाँको उम्मेदवारी घोषणा र प्रतिबद्धताहरु जस्ताको तस्तै:-

आदरणिय गैर-आवसिय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु नमस्कार,

म यमुना भट्टराई अमेरिकाको विभिन्न राज्यमा बसोबास तथा व्यवसाय गर्दै लामो समय देखि टेक्सासलाई नै ब्यबशायको केन्द्र थलो बनाएर यहीँ वसोवास गरिरहेको छु। टेक्सासको वसोवासको क्रममा यहॅाको स्थानिय तथा अमेरिकाको केन्द्रीय तहको विभिन्न सामाजिक संघ-संस्थाहरुमा मेरो लामो सहभागिता र विगत २ वर्ष देखि गैर-आवसिय नेपाली संघको ICC Member को रुपमा कृयाशिल छु। यो संस्थाको यही आउदो अक्टोवर महिनाको २० मा अनलाईन प्रविधी मार्फत आगामी कार्यकालको नेतृत्वको निर्वाचन गर्ने तयारी भईरहेको छ र उक्त निर्वाचनमा मैले पहिला उत्तर अमेरिकाको तर्फवाट “महिला संयोजकमा” उम्मेदवार हुने निधो गरेकोमा अमेरिकाकै वोस्टन सहर निवासी “तृष्णा शर्माले” पनि सोही पदमा उम्मेदवारी दिने जानकारी प्राप्त भए पछि हामी एकै क्षेत्रका र सधै एउटा अभियानमा कृयाशिल दिदी वहिनीहरु एउटै पदमा निर्वाचन नलड्ने सल्लाहा गरी “क्षेत्रिय महिला संयोजकमा तृष्णा जीलाई” समर्थन गर्दै म अन्तराष्ट्रिय समन्वय परिषदको “महिला सह-कोषाध्यक्ष” पदमा उम्मेदवार हुने निर्णय गरेको छु। संस्था वुझेको, संस्थाको लागि आवस्यक पर्दा समय र आर्थिक व्यवस्थापन गर्ने सकिने कुरामा परिवारिक सल्लाह सहित म यश अभियानमा अघि वढेको छु। म लामो समय देखी प्रवासमा वसिरहेको कारण नेपाली महिलाहरुले अन्तराष्ट्रियस्तरमा भोग्न परिरहेको समस्याको जानकार छु र संस्थाको मेरुडण्ड आर्थिक पारदर्शिता सहित त्यसको अभिवृद्धीको नविनतम योजनामा निर्वाचित कोषाध्यक्षलाई रचनात्मक सहयोग गरी “हाम्रो NRNA राम्रो NRNA” वनाउने अभियानमा महत्वपुर्ण भुमिका प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता सहित आफ्ना हितैषी र निकटहरु सवैको सल्लाह वमोजिम यो उम्मेदवार वन्ने निर्णय सहित तपाईहरु सामु उपस्थित भएको छु। आशा छ तपाईहरु सवै जना गैर-आवसिय नेपाली संघको १० औ महाधिवेशन प्रतिनिधिहरुको मलाई साथ सहयोग र समर्थन हुनेछ र तपाईहरुको सहयोगले म निर्वाचित भए भने तपाईहरुको अमुल्य मतको कदर गर्ने छु र तपाईहरुलाई निरासा पार्ने छ छैन।

बिनित
यमुना भट्टराई
सह-कोषाध्यक्षको उम्मेदवार
NRNA ICC

Leave a Reply

Your email address will not be published. Required fields are marked *