एनआरएनए टिमले गर्‍यो शंखमुल पार्कको सरसफाई

काठमाडौं ! गैरआवासीय नेपाली संघले निर्माण गरेको ललितपुर स्थित शंखमुख पार्कमा आज आईतबार जुलाई १७ तारिखका दिन  सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी ,नेपाल सरकारका पूर्व मुख्य सचिव तथा सरसफाई अभियन्ता लीलमणि पौड्याल,संस्थापक महा सचिव भीम उदास , ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैर आवसीय नेपाली संघका उपाध्यक्षद्वय नरेन्द्र भाट ,आर.के शर्मा ,उप महासचिव विनय अधिकारी, युरोप संयोजक चिंतामणी सापकोटा,युरोप युवा संयोजक रमेश काफ्ले, एसिया प्यासिफिक  रञ्जन कुँवर  ,युकेका पूर्व आइसिसि सदस्य पशुपति भण्डारी, नर्वेका पूर्व आइसिसि सदस्य द्वारिका महर्जन, एनसिसि कोरियाका पूर्व महिला संयोजक आस्था विन्दु मल्ल लगायत अमेरिका ,साइप्रस, बेलायत, दक्षिण कोरियाका एनआरएनए अभियन्ताहरु लगायत एनआरएनए सचिवालय टिमको सहभागिता रहेको थियो।

सरसफाइ पश्चात शुभकामना मन्तव्य दिदै गैर आवसीय नेपाली संघका अध्यक्ष बद्री केसीज्यूले सामुदायिक र सामूहिक काम सधैं अग्रणी भूमिका खेल्ने ललितपुरबासी प्रति आभार प्रकट गर्नुभयो ।
ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनज्यूले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याए सम्म संरक्षण गरिरहने बताउनु भयो। त्यस्तै शंखमुल पार्क स्तर उन्नतिको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी गराउनुभयो।
नेपाल सरकारको पूर्व मुख्यसचिव लिलामणी पौड्यालले पार्क बनाउन सहयोग गर्नु हुने गैरआवासीय नेपाली सङ्घ पदाधिकारी त्यस्तै आर्थिक र भौतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण एनआरएनए अभियन्ताहरुलाई  धन्यबाद दिनुभयो, यो विशेष पार्क हुनुको मुख्य कारण मनोरञ्जन मात्र नभई पुरातात्विक र ऐतिहासिक पार्क भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष कुल आचार्यज्यूले आफ्नो संयोजकत्वमा शंखमूल पार्क बनाउँदा आइपरेको आरोह अवरोहलाई सम्झिदै यसको संरक्षण र दायित्वको भूमिका खेल्ने ललितपुर महानगरपालिका वडा नम्बर ९ अध्यक्ष लगायत ललितपुरबासी जनताहरुलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै शंखमुल पार्क बनाउन उत्प्रेरित गराउने, प्रशासनिक एवं जग्गा उपलब्ध गराउन सहयोग गर्नु हुने पूर्व मुख्यसचिव लीलामणि पौड्याल लाई पनि धन्यवाद दिनुभएको थियो। औपचारिक कार्यक्रमको संचालन युरोप संयोजक चिन्तामणी सापकोटाले गर्नुभएको थियो।
उक्त शंखमुल पार्क गैर आवासीय नेपाली संघले   कुल आचार्यज्यूको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा झण्डै ३ करोड रुपैयां खर्च गरेर पार्क बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *