चर्चित NRNA अभियान्ता सन्तोष भट्टराईद्रारा युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौ ! गैरआवासीय संघ अन्तरास्ट्रिय समन्वय समिती(NRNA) को आसन्न निर्वाचन नजिकिदै जादा यसका विभिन्न पदहरुमा उम्मेदवारी दिने क्रमहरु क्रमिक बढिरहेको छ।यसै क्रममा जर्मनिलाइ लामो समयबाट आफ्नो कर्मथलो बनाउदै आफ्नो व्यवसायीक,सामाजिक कार्यमा अति नै व्यस्त रहनुभएका सफल व्यवसायी एवम NRNA अभियान्ता सन्तोष भट्टराईले २०२१-२०२३ कार्यकालको लागि युरोप क्षेत्रीय संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

आफ्ना महत्त्वपूर्ण घोषणा पत्रसहित उम्मेदवारी घोषणा गर्नुभएका युरोपका चर्चित समाजसेवी भट्टराईको प्रतिबद्धता सहितका घोषणापत्र यस्ता छन! उहाँकै फेसबुक वालबाट साभार गरिएको प्रतिबद्धताहरु तल दिइएको छ।

सम्पूर्ण गैरआवाशिय नेपाली दिदी बहीनी, दाजु भाई, अग्रज तथा अभियन्ताज्यूहरूमा नमस्कार।

गैरआवाशिय नेपाली संघ को १० औ विश्व सम्मेलन नजिकिदै जॉदा थुप्रै शुभचिंतक साथिहरू, अग्रज तथा अभियन्ताज्यू हरूको चिन्ता, सुझाव र आग्रह पछि मैले निकैलामो समय विश्लेषण गरेर १९- २१ मा अधुरो रहेको यो नेतृत्व को यात्रा पुन २०२१-२०२३ मा त्यहि स्थानबाट अघि बढाउदै सबैखाले विसंगतिहरू संग लड्ने सोच सहित एक पटक तपाईहरूको सामु विश्वासको कसीमा रेटिने निर्णयमा पुगेको छु। तपाईहरूको साथ र सहयोगको अपेक्षा गर्दछु।

म सदस्यताको हिसाबले २००५ , सक्रियताको हिसाबले २००७ र पदिय जिम्मेवारीका हिसाबले २०११ देखि यस गैरआवासीय नेपाली संघमा आबद्ध छु। यस बिचका थुप्रै उतार चडावहरूमा सधै अबिचलित निरन्तर यात्रिको रूपमा मैले आफूलाई लैजान प्रयत्न गरेको छु। संघको उदेश्य, सामाजिक कार्य र हाम्रा अधिकारको प्राप्तिको निम्ति यस संघले अघिबढाएका कार्य र योजनाहरूमा सधै सहयोगी रही थुप्रै टाक्सफोर्स र ज़िम्मेवारीहरूमा रहेर पछिल्लो समय मैले योगदान गर्ने प्रयत्न गरेको छु।

संघमा समय समयमा देखिने बिसंगतीहरू, एनसिसीहरूमा रहेका असमानताहरू, निर्वाचनमा रहेका विविधताहरू, सदस्यताका समस्या, नागरीकताको सवाल, जिम्मेवारीहरूको अनुचित प्रयोग लगायतका विषयहरूमा मैले फरक धारणाहरू राख्दै आएकोछु र एक ईमानदार अभियन्ताहुनुको नाताले मेरो कर्तव्य हो भन्ने ठान्दछु। परिणाम हेरेर जसरी भएपनि गन्तब्यमा पुग्नु भन्दापनि विधी र पद्धतिसंग चलेर गन्तब्य प्राप्तिको यात्रालाई स्विकार्ने मेरो मान्यता रहेको छ। सबै समस्याहरूको समाधान यसै पटक गर्नेछु वा सबै सम्मभावनाहरूको पुर्ण सदुपयोग यसै पटक हुनेछ भनेर म भन्दिन तर त्यस तर्फको पहिलो पाईलाको रूपमा म प्राप्तहुने जिम्मेवारीलाई ईमान्दारीताका साथ पारदर्शि रूपमा अघि बढाउने बाँचा गर्दछु।

गैरआवासीय नेपाली संघको नियमित सामाजिक र प्रकृयागत कामका अलावा क्षेत्रीय स्तरका निम्न केहि योजनाहरूमा म यस क्षेत्रका सबै ज़िम्मेवार साथिहरू र एनसिसहरूको सहयोगमा पुरागर्न लागी पर्नेछु।

१. सबै राष्ट्रीय र क्षेत्रीय परिषदहरूलाई दर्ता प्रकृयामा प्रोत्साहितगरेर तत् देशबाट अनुदान प्राप्तगर्न अभिप्रेरित गर्ने।
२. यूरोप स्तरीय अक्षयकोष खड़ा गर्ने र त्यस्को ५०% नेपालमा सामाजिक कार्यमा र ५०% आफ्नै क्षेत्रमा ख़र्च गर्ने।
२. यूरोप क्षेत्रीय ब्यवसायिक मंच गठन गर्ने।
३. दोश्रो पुष्तालाई नेपाल संग जोड्न छुट्टै नियमित कार्यक्रम गर्ने।
४. विज्ञ फ़ोरम मार्फत नियमित सुचना र ज्ञानको प्रवाहगर्ने।
५. सम्भावना भएका देशहरूमा भाषा, संस्कृति प्रवर्धन र अनलाईन कक्षा संचालन गर्न सहयोग गर्ने।
६. पर्यटन र नेपाली उत्पादकों प्रबर्द्धन गर्न कार्यदल बनाएर काम गर्ने।
७. यूरोप क्षेत्रमा ग़ैरआवाशिय नेपाली संघमा रहेर काम गर्न चाहाने प्रत्येक सदस्यहरूलाई आवश्यकता र दक्षताको आधारमा अनिवार्यरूपले ज़िम्मेवारी दिईने छ।
८. यूरोप क्षेत्रमा रहेका सबै ब्यवसायिक तथा सामाजिक संघ संस्थाहरू संग सहकार्यगरेर अघि बढ्नेछु।

मैले हालसम्म प्राप्त गरेका अनुभवहरू, आर्जन गरेको सम्पर्कहरू, संबन्धहरू र ज्ञानहरूको आधारमा म मेरा क्षेत्रीय एजेण्डाहरू तपाईहरूको सहयोगमा पुरागर्न सक्छु भन्नेविश्वास सहित युरोप क्षेत्रीय संयोजकपदमा रहेर कामगर्ने ईच्छा जाहेर गर्दछु। तपाईहरूको सल्लाह र सुझाव मेरालागी मार्ग दर्शन हुनेछन् भन्दै विगतमाझै यसपटक पनि तपाईहरूको साथ र सहयोगको लागी हार्दिक अनुरोध गर्दछु।🙏🏾🙏🏾🙏🏾

सन्तोष कुमार भट्टराई
उम्मेद्वार
यूरोप क्षेत्रीय संयोजक

Leave a Reply

Your email address will not be published. Required fields are marked *