हरिप्रसाद भट्टराईद्रारा एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकको उम्मेदवारी घोषणा

काठमाडौं ! गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा महाधिबेशनमा मलेसियाबाट हरिप्रसाद भट्टराईले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार’ भन्ने मुल मन्त्रसहित भट्टराईले २०२१–२३ कार्यकालका लागि क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रम नै आयोजना गरी उम्मेदवारी घोषणा गरेका भट्टराईले एनआरएन अभियानमा अझ काम गर्न, श्रमिक मैत्री एनआरएन बनाउन र एसिया प्यासिफक क्षेत्रका नेपालीहरुका मुद्धालाई स्थापित गर्न आफ्नो प्रमुख उदेश्य रहेको बताएका छन् ।

एनआरएनए मलेसियाको निवर्तमान अध्यक्ष रहेका भट्टराईले आफ्नो कार्यकालमा एनआरएनए मलेसियाको शाख थप उचाईमा पु¥याउनुका साथै सबैको मन मनमा एनआरएनए मलेसियाको अनुभूत गराउन सफल भएका छन् । एनआरएनजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यता राख्ने भट्टराई मलेसियाका सफल नेपाली व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *