एनआरएनए आइसिसी निर्वाचन : समाजसेवी यमुना भट्टराईले गर्नुभयो,उत्तर अमेरिका क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौं ! गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषद(NRNA)को आइसिसी निर्वाचन नजिकिदै छ! निर्वाचनको यो नजिकिदो समयमा उम्मेदवारहरुको घोषणा पनि हुन थालेको छ।
त्यसै अनुरुप अमेरिकाको टेक्ससमा लामो समय देखि बसोबास गर्दै आउनु भएकी यमुना भट्टराईले २०२१-२०२३ कार्यकालको लागि उत्तर अमेरिका क्षेत्रीय महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

हाल आइसिसी सदस्य समेत रहनुभएकी भट्टराई विभिन्न व्यवसाय सग आवद्ध रहि नेपाली समाजमा स्थापित हुनुहुन्छ।जसले अमेरिकाको टेक्सासको बसाईको क्रममा त्यहाको स्थानिय तथा केन्द्रिय तहको सामाजिक संघ संस्थाहरु सग सहकार्य गर्दै काम गरिरहनु भएको छ।उहाँ अमेरिका भरी नै एक सफल व्यवसायी महिला र समाजसेवीको नामले परिचित हुनुहुहुन्छ। NRNA सग अत्यन्तै नजिक रहेर देश बाहिर रहेका विशेषगरि महिला दिदी बहिनिहरुका समस्याका बारेमा बुलन्द आवाजहरु उठाउदै आइरहनु भएको छ।

आफ्नो देश छोडेर अरुको देशमा पुगि महिलाहरुले पनि उन्नती गर्न सक्छन भन्ने उदाहरणिय व्यतित्वको रुपमा परिचित उहाले समग्रमा आफ्नो संघर्ष र योगदान सामाजिक कार्यमा लगाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।आफुले जस्तै अरु विदेशीएका महिलाहरु पनि सफल बनुन र त्यसको नेतृत्वसायी भुमिका आफुले गर्न पाउँदा न्याय हुने र आफुले काम पनि गरेर देखाउने उहाको प्रतिबद्धता छ। त्यस क्षेत्रमा उहाँ लोकपि्रय अभियान्ता रहनुभएकोले निर्वाचनमा उहाँ भारी मतले बिजयी हुने आकलन सबैले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *