एनआरएनए मध्यपुर्व संयोजकमा लोकप्रिय समाजसेवी राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा

 

काठमाडौं ! बिगत लामो समय देखि साउदी अरेबियालाई कर्मथलो बनाउदै आउनु भएका एनआरएनएका अभियान्ता,समाजसेवी एवम व्यवसायी राजेन्द्र अर्यालले एनआरएनए २०२१-२०२३ कार्यकालका लागि मध्यपुर्व संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

खाडीमा कर्मथलो बनाएर पीडामा परेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई निस्संदेह उद्दार सहयोगमा जुट्नु हुने उहाँ हाल मध्यपुर्व सह- संयोजक पदमा हुनुहुन्छ।पीडामा परेका आफ्ना नेपाली दाजुभाईलाई कुनैपनी बेला जस्तोसुकै सहयोग गर्न तत्पर हुने उहाँ मध्यपुर्वका श्रमिक बीच निकै लोकपि्रय हुनुहुन्छ ।सहयोगी भाव,सरल स्वभावका धनी अर्यालले सयौ अप्ठ्यारोमा परेका नेपालीहरुलाई आवस्यक उद्दार एवम सहयोग गर्नु भएको छ। एनआरएनए एक सामाजिक संस्था हो,जसको बिश्वभरी संजाल रहेको छ।देश बाहिर रहेका नेपालीहरुको यस संस्थालाई नेपाल सरकारले पनि मान्यता दिएको छ ।

खासगरी अरु मुलुकमा भन्दा मध्यपुर्वमा सामाजिक संस्था चलाउन निकै चुनौतीपूर्ण छ।त्यहाको नियम कानुन अनुसार चल्नु पर्ने र खासगरी नेपालीहरु श्रमिकको रुपमा रहने हुनाले त्यहा यस प्रकारका संस्थाहरु खोलेर अभियान चलाउन पाइदैन।संस्था चलाउन त्यहाको प्रशासनको अनुमती लिनुपर्छ र अनुमती लिन सामान्य तवरले सम्भव छैन। त्यसैले पनि यस प्रकारले आफ्नो रोजिरोटिका अलावा बचेको समय सामाजिक कार्यमा लगाउन त्यहा निकै चुनौती छ।यसै चुनौतिहरुलाई सामना गर्दै त्यहा रहेका केही नेपालीहरुले संस्था मार्फत आफ्नो देशका दाजुभाइ दिदी बहिनीहरुलाई त्यहा रहेको नेपाली दूतावास सग सहकार्य र समन्वय गर्दै उद्दार वा सहयोग गर्ने गर्दछन ।

यस् संस्थाको आगामी कार्यकालको उम्मेदवारीका लागि संयोजक पदका उम्मेदवार अर्यालले विभिन्न आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ ।उहाँका प्रतिबद्धता(घोषणापत्र)हरु यस्ता छन:-

आदरणीय गैर आवासीय नेपाली दाजूभाई दिदी बहीनीहरुमा हार्दिक नमस्कार !
गैर आवासीय नेपाली संघको आगामी (२०२१–२०२३) कार्यकालका लागि यहाँहरूको पुर्ववत माया र बिश्वासकासाथ मध्यपुर्व संयोजकको पदमा तपसिलको प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेको छु।
घोषणा पत्र :

१) राहत र उद्दार कार्यमा सदैव तत्पर रहनेछु।
२) बैदेशिक रोजगार ऎन २०६४ लाइ पुर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरू संग पहल गर्नेछु।
३) एन आर एन ए द्वारा संचालित परियोजनामा मध्यपुर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु।
४) अन्य सामाजिक संघ/संस्था संग मिलेर सहकार्य गर्नेछु।
५) अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपुर्बका एन सि सि संग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।
——————————————————————
निबेदक: राजेन्द्र अर्याल
उम्मेदबार : मध्यपुर्ब संयोजक
फोन नम्बर: 00966500490398
इमेल: johnaryal365@gmail.com     

Leave a Reply

Your email address will not be published. Required fields are marked *