एनआरएनए अध्यक्षका लागि डा.बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुने

काठमाडौं ! गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत १० र ११ गते हुने निर्वाचनका लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय रविना थापा र बद्रि केसीले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै अध्यक्षमा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

खुल्लातर्फ ४ जना उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। महिला र युवा उपाध्यक्षमा भने यासमिन बेगम र रोशन थापा निर्विरोध निर्वाचित भएका छन्। खुल्लातर्फ उपाध्यक्षमा डवरबहादुर (डीबी) क्षेत्री, धर्मराज अधिकारी, हेमराज शर्मा, राजेन्द्रकुमार शर्मा, टंकप्रसाद गैरे र जयप्रकाश गुरुङले उम्मेदवारी दिएका छन्। त्यस्तै एक महासचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ। जसमा गौरीराज जोशी र विनय अधिकारीले प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै महिला सचिव बाहेक ३ सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ। महिला सचिवमा भने राधिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा रामशरण सिम्खडा, अजिब गुरुङ (ओम), चिरन्जीवी घिमिरे, शंकर खड्का र अभिमानसिंह बस्नेतबीच प्रतिस्पर्धा हुने छ।

एक कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहाल र फणिन्द्र पन्तको उम्मेदवारी परेको छ। सहकोषाध्यक्षमा यज्ञराज सुवेदी र महिला सहकोषाध्यक्षमा यमुना भटराई निर्विरोध निर्वाचित भएका छन्। महिला संयोजकमा संगिता मरहठ्ठा, युवा संयोजक रविन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन्।

५१ पदाधिकारीका लागि निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिलेसम्म ३३ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने १८ पदाधिकारीका लागि निर्वाचन हुने कार्यालयको भनाइ छ। विभिन्न मुलुकमा रहेका सदस्यहरुले अनलाइनमार्फत भोट गर्न पाउने र त्यसका लागि तयारी भइरहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *