एनआरएनए सह-कोषाध्यक्ष उम्मेदवार यमुना भट्टराईले दिइन् महिला सशक्तिकरणमा जोड

काठमाडौं ! विश्वभरि छरिएरहेका रहनु भएका सबै नेपाली महिलाहरुको हक अधिकार सुनिस्चित होस् भन्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अबसरमा अमेरिका टेक्सास ,निवासी सामाजिक आभियन्नता एबम गैर नेपाली संघ नेपालको आसन्न चुनाबको सह–कोषाध्यक्ष उम्मेदवार यमुना भट्टराईले “नेपाली महिलाहरूको हालसम्म प्राप्त गरेका हक अधिकार र आवाजलाइ लिखत कानुनमा मात्र सिमित नपारेर व्यवहारमै अधिकार सम्पन्न हुने गरि लागु गर्नु पर्नेमा जोड दिनु भएको छ ! धर्तिको आधा आकास ढाक्ने महिला आज पनि सबै क्षेत्रमा समान हक अधिकारबाट वन्चित हुनु परेको अवस्था स्मरण गराउदै महिला अधिकारका कुरा गोष्ठी र सेमिनारमा मात्र सिमित रहेको प्रति कुनै पनि महिलालाइ न्याय संगत हुन नसक्ने धारणा सार्बजनिक गर्नुभएको छ । विश्वभरि छरिएरहेका रहनु भएका सबै नेपाली महिलाहरुलाइ आज एक संदेस दिदै भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको एक दिन सुख शान्ति को स्वास फेरेको अनुभूति गर्न सबै महिला लाइ अपिल गर्दै राष्ट्रिय,अन्तरास्ट्रीय क्षेत्रबाट महिलाहरु माथि भएको कुनै पनि अन्याय , अत्याचार ,विभेद जातीय भेदभाब ,लैगिंक विभेदलाइ समाज र राष्ट्रबाट नै न्यूनीकरण गर्दै जानु पर्ने आजको आवस्य्कता रहेको बताउनु भएको छ ! भट्टराई लामो समय देखी अमेरिकामा रहदै आउनु भएको छ ! व्यवसायिक रुपमा परिचित भट्टराई गैर आवासीय नेपाली संघ,लगायत थुप्रै नेपाली र अमेरिकी संघ सस्थामा आवद्ध हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको यही संदेस दिदै आसन्न गैर आबासीय नेपाली संघको निर्वाचनमा सह–कोषाध्यक्ष पदमा निर्वाचित गराउन समेत अनुरोध गर्नुभएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *