एनआरएनए युरोप क्षेत्रीय संयोजकमा सन्तोष भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं ! गैरआवाशिय नेपाली संघको १० औ विश्व सम्मेलनमा यूरोप क्षेत्रीय संयोजक पदको लागि जर्मनीमा रहेर आफ्नो व्यवसाय गरिरहेका चर्चित व्यवसायी एवं समाजसेवी सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी महिना मार्च २१ र २२ तारिक २०२१-२०२३ कार्यकालका लागि हुने दशौ विश्व सम्मेलनका लागि उनले युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गराएका हुन् । गत सेप्टेम्बर महिनामा नै सम्पन्न भैसक्नु पर्ने यो सम्मेलन कोभिड-१९ को विश्वव्यापी असर र संघको आन्तरिक विवादले पर धकेलिएको थियो।

युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएका भट्टराई युरोपमा नेपालीमाझ चर्चित व्यक्तित्वका रुपमा चिनिन्छन। नेपालीहरुलाई परिआएको खण्डमा जुनसुकै परिस्थितिमा पनि सहयोग गर्न पछि नहट्ने उनी यसपटक अत्याधिक मतले विजयी हुने सबैको बुझाइ छ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *