काठमाडौं ! गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।
एनआरएनएको १२ औ महाधिवेशनले सापकोटालाई प्रवक्ता चयन गरेको हो।
११ औं महाधिवेशनमा सापकोटा उपमहासचिव निर्वाचित भएका थिए।
सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै आएका छन्।
अहिले भने नेपालमै उत्पादन भएका र बनेका सामाग्रीहरु विश्वका विभिन्न देशमा लैजान्छन्।
उनले हस्पिटालिटी क्षेत्रमा एकल तथा सामुहिक लगानी गरेका छन्।उनले चितवनको मेघौलीमा रिसोर्ट बनाइरहेका छन्।
