एनआरएनए १२ औँ विश्व सम्मेलन काठमाडौँमा आजबाट शुरु

नेपालको सिमानाभित्र मात्र नेपाल छ भन्ने परम्परागत सोचलाई बदल्नुपर्नेमा जोड दिँदै श्रेष्ठले नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाललाई जोड्ने मुख्य काम एनआरएनएले गरेको दाबी गरे।

विदेशमा रहेका करिब ८० लाख नेपालीको वार्षिक आम्दानी विदेशी मुद्रामा २० खर्बभन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्दै यो अथाह स्रोतलाई नेपालको विकासमा लगाउनुपर्ने बताए। नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज नभएको भन्दै उनले नेपालको अहिलेको अवस्थालाई सन् १९७० को दशकको चीनसँग तुलना गरे।

चीनले पनि शुरुमा विदेशमा रहेका चिनियाहरूलाई सहुलियत दिएर उनीहरूमार्फत पुँजी, प्रविधि र काम गर्ने संस्कृति भित्र्एपछि मात्र सन् ९० को दशकपछि अन्य विदेशी लगानीकर्ता आकर्षित भएको दृष्टान्त स्मरण गरे। सम्मेलन चैत २ गतेसम्म चल्नमहाधिवेशननले नयाँ नेतृत्व चयन गर्नेछ।

निर्वाचनमा ४ हजार २ सय ८६ प्रतिनिधिहरुले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउनेछन् ।