एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा राधा सिग्देल (किरण) को उम्मेदवारी दर्ता

काठमाण्डाै-  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ अधिवेशनलाई लक्षित गर्दै जर्मनीकी पूर्व उपाध्यक्ष राधा सिग्देलले युरोप क्षेत्रीय महिला संयोजक पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ!

एनआरएनएको अभियानमा विगत लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी सिग्देल जुझारु तथा कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा परिचित रहनुभएको छ। संघको विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँले युरोप क्षेत्रका नेपाली महिलाहरूको सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यसहित उम्मेदवारी दिनुभएको बताउनुभएको छ।

युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई रोजगारी, शिक्षा तथा व्यवसायिक क्षेत्रमा रहेका अवसरहरूलाई आत्मसात गर्न सहयोग पुर्‍याउने तथा देखिएका चुनौतीहरूलाई एकताबद्ध भएर सामना गर्ने आफ्नो लक्ष्य रहेको सिग्देलले उल्लेख गर्नुभएको छ।

आसन्न अधिवेशनमार्फत युरोप क्षेत्रका महिलाहरूको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।