एनआरएनए महिला उपाध्यक्षमा राधिका गुरूङ (टीका) को उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा वर्तमान सचिव राधिका गुरूङ (टीका) ले उम्मेदवारी दिएकी छन्। एनआरएनएको १२ औँ महाधिवेशन का लागि उनले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्।

झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गुरूङ करिब ३० वर्षदेखि हङकङ मा बसोबास गर्दै आएकी छन्। उनी त्यहाँ व्यवसाय तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।

गुरूङ एनआरएनए हङकङ मा दुई कार्यकाल अध्यक्ष भइसकेकी छन् भने गैरआवासीय नेपाली संघ को एसिया–प्यासिफिक संयोजक को जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी एनआरएनएको दोस्रो कार्यकालका लागि सचिव पदमा कार्यरत छिन्।

आगामी महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै उनले संस्थामा महिलाको नेतृत्व र सहभागिता अझ सशक्त बनाउने लक्ष्य राखेको बताएकी छन्।