एनआरएन डेनमार्कको उपाध्यक्षमा पौडेलको उम्मेदवारी

काठमाडौ !यति बेला विश्वभरी NRNA को स्थानिय देशहरुमा चुनाब चलिरहेको छ।बिश्वभरी छरिएर रहेका नेपाली भाषीहरुले आफ्ना नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाइ सामाजिक सहयोग पुर्याउने हेतुले खोलिएको यस सस्थाको हरेक दुई-दुई बर्षमा NCC र ICC अधिवेशनहरु हुने गर्दछन।बिश्वभरिका देशहरुको अधिबेशन सकेर यहि कार्तिकमा अन्तरास्ट्रिय बिश्वसम्मेलन हुने भएको छ,सोही अनुसार NRNA डेनमार्कमा पनि चुनाबको माहोल तातेको छ।डेनमार्कमा रहेर लामो समय त्यहा बसोबास गर्ने नेपाली भाषीहरुलाइ हरेक तवरले सहयोगमा जुट्ने एक अब्बल समाजसेवी चन्द्रमणी पौडेलले पनि आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।उहाले घोषणा गर्नुभएको प्रतिबद्धता सहितको उम्मेदवारी तल राखिएको छ।                     आदरणीय डेनमार्क बासि सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनि तथा मित्रगण हरु
नमस्कार !!👏👏🙏🙏
नेपाली समाजलाई स्वतन्त्र नेतृत्व दिने , सामाजिक यकतालाई सर्बोपरि ठान्ने , गैर राजनीतिज्ञ , स्वतन्त्र तथा निष्ठावान ब्यक्त्तिको आबस्यकता एन आर एन य डेनमार्कको नेतृत्व तहमा हुनुपर्ने हामी सबैले देखेको , बूजेको र अनुभब गरेकै हो। जुनकार्य हामी सबैको साझा संगठन एन आर एन य बाट गर्न सकिने तर तेस्को लागि आफु उक्त संगठन को नेत्रित्यो तहमा हुनुपर्ने अनिबार्यता देखि-ठानी , म तपाई हरुको चित्परिचित चन्द्र मणि पौड्याल गैर आबासीय नेपाली संघ डेनमार्क को आसन्न निर्वचनमा [७ – अगस्त २०२१ ], उपाध्यक्ष पदमा उमेदवारी दियको छु , तपाई हरुको अमुल्य भोट दिई भारि मतले बिजय गराई एक पटक हजुर हरुको सेवा गर्नेमौका दिनु हुन बिनम्र अनुरोध गर्दछु।
बिनित:

चन्द्र मणि पौडेल..
NCC-NRNA Denmark.
2021-2023
Election date 7th August 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *