नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी

काठमाडौं ! नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । २०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।

पुस २४ गते बसेको  मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने व्यवस्था बमोजिम सुवेदी टेलिकमको अध्यक्ष चयन भएका हुन् । उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

यस अघि टेलिकमको अध्यक्ष कृष्ण बहादुर राउत थिए ।