विवादित ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

काठमाडौं ! सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामालाई नियुक्त गरेको छ।

पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्षमा नियुक्त गरेको हो।

उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटकपटक पक्राउ परेका विवादित व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा पाँच वर्षका लागि लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्त भएका छन्।

यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मैत्तेय० थिए। उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *