राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना

काठमाडौं ! राजस्व अनुसन्धान विभागका महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । विभागका महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानेर त्यहाँ प्रधानमन्त्रीका निजि सचिव नवराज ढुंगानालाई पठाइएको छ ।    प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ५ महिनामै फेरिएका छन् ।

ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएपछि सहसचिव अर्जुन भण्डारी प्रधानमन्त्रीको निजी सचिव बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *