नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई नियुक्त

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो ।

प्रतिष्ठानको कूलपतिमा राईसँगै उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ ।

सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *