योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं ! राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

२०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ योजना आयोगको उपाध्यक्ष भएका थिए । उनी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *