न्याय परिषद् बैठक बस्दै

काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक सोमबार बस्ने भएको छ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । सोही निष्कर्ष ननस्किएका कारण सोमबार बैठक बस्न लागेको हो।

हिजो अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा बसेर  बिना निष्कर्ष टुंगिएको थियो ।

नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन्।

प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन्।