धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त  गरेको  छ  । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिनुभयो । यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाको यहीँ मसिर १३ गतेबाट हुने  चीन भ्रमण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।