उजुरीका विरुद्ध जवाफ दिंदै उम्मेदवारहरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध परेको छ । देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *