निर्वाचन आयोगले जनप्रतिनिधिलाई नयाँ पार्टी छनोटका लागि दिएको समयसिमा आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय आज सकिँदैछ ।

नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा आज कार्यालय समयभित्र उपस्थित भइ सनाखत गराउनुपर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

अर्को पार्टीमा जान चाहने जनप्रतिनिधिले आजसम्म पनि सनाखत नगराए उनीहरूको पद गुम्नेछ ।

एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेका लागि समय निर्धारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *