काठमाडौं । निर्वाचन आयोगले बुधबार दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल दर्ता भएको जानकारी संसद् सचिवालयलाई गराएको छ । आयोगले आज पत्र पठाउँदै माधव कुमार नेपालको नेतृृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दर्ता भएको जानकारी दिएको हो ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका थिए ।
एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले हस्ताक्षर गरेका थिए ।