सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउन सक्छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका छन् । यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे वैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने बताएका हुन् ।

“सरकारले माघ १५ सम्म मिति घोषणा गरे पनि आयोगले स्थानीय तहको निर्वाचन गराउन सक्छ,” प्रमुख आयुक्त थपलियाले बाह्रखरीसँग भने, “सरकारले मिति घोषणा गरेर आवश्यक सहयोग गरे ९० दिनभित्र चुनाव गराउन सम्भव हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *