निर्वाचन आयोगद्वारा बैशाख १४ र २२ मा स्थानीय चुनाब गर्न प्रस्ताव

काठमाडौं ! निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ।
शुक्रबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग भएको छलफलमा यस्तो प्रस्ताव गर्नु भएको हो। आयोगले एकै पटकमा निर्वाचन गर्न नसके दुई चरणमा गर्न प्रस्ताव राखेको छ।

आयोगले पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते गर्न प्रस्ताव गरेको हो।
भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्नु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *