उपनिर्वाचनमा आज उम्मेदवारी फिर्ताको समय : आजै अन्तिम नामावली प्रकाशन हुने

काठमाडौँ । उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको हो। निर्वाचन आयोगले त्यसपछि आजै साँझसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्हपनि प्रदान गरिने जनाइएको छ।

बैशाख १० गते हुने उपनिर्वाचनमा खासगरी सत्ता गठबन्धन एकातिर छ भने प्रमुख प्रतिपक्षी एमाले अर्कोतिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *