उपनिर्वाचनका लागि आज दलहरुले उम्मेदवारी मनोनयन दर्ता गर्दै

काठमाडौँ। आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ । चितवन क्षेत्र नं. २, बारा क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा रिक्त रहेका सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि प्रतिस्पर्धा गर्ने योग्य उम्मेदवारहरुले आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता अर्थात् मनोनयनपत्र दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गएर गराउन सकिनेछ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गर्न सक्नेछन् ।

माथि उल्लिखित तीनै क्षेत्रमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी सहित १० दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा पछिल्लो समय उदीयमान राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *