उपराष्ट्रपतिमा जसपाका नेता यादवको उम्मेदवारी कायम रहने

काठमाडाैँ– उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवकाे उम्मेदवारी कायम रहने भएकाे छ।

निर्वाचन अधिकृतको कार्यालयले नेता यादवविरुद्धकाे उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय गरेकाे हाे।

यादवले आइतबार बिहान उपराष्ट्रपति निर्वाचनका उम्मेदवार यादवले सफाइ पेश गरेका थिए। सफाइमा उनले आफ्नाे उम्मेदवारी संविधान र कानुनसम्मत भएकाे जनाएका थिए।

रामसहाय प्रसाद यादवविरुद्ध निर्वाचन आयोगमा उजूरी परेको थियाे।

नेकपा एमालेबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका तर्फबाट एमाले नेता महेश बर्तौलाले शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *