उपराष्ट्रपतिको अन्तिम नामावली आज प्रकाशन हुने : उजुरीउपर छानबिन गर्दै आयोग

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *