निर्वाचन आयोगले सार्वजनिक गर्‍यो सातै प्रदेशका समानुपातिक प्रदेश सभा सदस्यहरुको अन्तिम नामावली (सूचीसहित)

 

काठमाडौं ! निर्वाचन आयोगले सात वटै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसदको अन्तिम आज बुधबार नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत ७ वटै प्रदेशमा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली बुधबार सार्वजनिक गरेको हो ।

प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् । मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७–७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ ।

बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २–२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २–२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १–१ सिट पाएको छ ।

कर्णाली प्रदेशमा एमाले र कांग्रेसले ५–५ माओवादीले ४, राप्रपा र नेकपा एसले १(१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३–३ राप्रपा र नेकपा एसले १–१ सिट पाएको छ । अब उक्त अन्तिम सूचीको आधारमा निर्वाचन आयोगले राष्ट्रपतिसामु प्रतिबेदन बुझाउने छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूची यस्तो छ।

समानुपातिक प्रदेश सांसदहरुः

प्रदेश १

मधेश प्रदेश

वागमती प्रदेश

लुम्बिनी प्रदेश

गण्डकी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *