समानुपातिक सांसदको सूची आज ४ बजेसम्म निर्वाचन आयोगलाई बुझाईसक्नु पर्ने

काठमाडौँ !  निर्वाचन आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिएको समय सीमा आज दिउँसो ४ः०० बजे सकिँदै छ ।

आयोगले यसअघि नै राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ ।

राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको नाम टुङ्ग्याउन अन्तिम छलफलमा जुटेका छन् । तर सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् ।

चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरूले नाम छनोट गर्नुपर्ने छ । यसैका लागि सबै दलहरू आज आन्तरिक बैठकमा जुटेका छन् ।

समानुपातिक उम्मेदवारहरूको नाम टुङ्ग्याउन  कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् भने जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

समानुपातिकमा सबैभन्दा बढी एमालेले ३४ सिट पाएको छ । यसैगरि दोस्रो स्थानमा रहेको काँग्रेसलाई ३२ सिट प्राप्त भएको छ । त्यसपछि क्रमशः नेकपा माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सिट जितेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *