निर्वाचन आयोगले निर्वाचन लक्षित फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निगरानी गर्ने

काठमाडौं!  निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ। आयोगले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न पनि आग्रह गरेको छ।

त्यस्तै, कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *