माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई पत्र

काठमाडौं ! नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ।

रौतहटको निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेपालले आचारसंहिता विपरित युवाहरुलाई विदेश पठाइदिने अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको हो।

‘माधव कुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको आवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, निजले बिना ढेउवा के भिसा मिल्ते हें, टिकट मिल्ते हें, काठमाडौंमे तालिम मिल्ते हें भनी सार्वजनिक भएको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्यनन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *