समानुपातिक उम्मेदवारको अन्तिम सूची आज रातिसम्म सार्वजनिक हुने

काठमाडौं ! निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ ।

शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक
तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम
नामावली सार्वजनिक गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *