भोलिबाट निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ।

आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ।

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *