समानुपातिकको मतपत्र छपाउने काम सुरु

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ। ‘निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नमुना मतपत्र छपाइ थालेको छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘आयोगको आन्तरिक कार्यतालिका अनुसार भदौ २० गतेदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरू गर्ने रहे पनि राप्रपा नेपालको चुनाव चिह्न विवाद टुंगो लागेपछि बुधबारदेखि मतपत्र छपाइ थालेका हौं।’ उनका अनुसार बिहीबारसम्म प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ हुनेछ। ‘दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरू हुनेछ,’ उनले भने, ‘पहिलो चरणमा निर्वाचन शिक्षा कार्यक्रमका लागि आवश्यक करिब ६ लाख मतपत्र छापिने छन्।’

आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्दै छ। ‘राप्रपा नेपालको निर्वाचन चिह्नबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि मतपत्र डिजाइन गर्न समस्या परेको थियो,’ सहप्रवक्ता अर्यालले भने, ‘अदालतले राप्रपा नेपालको रिट खारेज गरेपछि आयोगले प्रदान गरेको तीर निर्वाचन चिह्न राखेर मतपत्रको डिजाइन गरेको छ।’ याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *