निर्वाचन प्रयोजनका लागि एमालेले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गर्दै :

काठमाडौं ! आसन्न मंसिर ४ , २०७९ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयाेजनका लागि आज नेकपा (एमाले) ले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गर्दैछ।

दिउँसाे १२.३० वजे नेकपा (एमाले) ले निर्वाचन आयाेगमा दल दर्ता गर्ने कार्यक्रम रहेकाे छ । दल दर्ता गर्न पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पाेखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरुकाे टाेलि निर्वाचन आयाेगकाे कार्यालय बहादुर भवन जानुहुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *