साढे ४ लाख नयाँ मतदाता थपिए : निर्वाचन आयोग

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।

निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो ।

आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

यसअघि, बुधबार बसेको सत्तारूढ गठबन्धन बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । आयोगले निर्वाचन घोषणा भएपछि पत्रकार सम्मेलन गर्दै पर्याप्त समय रहेको बताएको छ ।

आयोगले यसअघि निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको थियो ।

पत्रकार सम्मेलनमार्फत आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारले तोकेको समय निर्वाचनका लागि पर्याप्त रहेको र त्यसदिन निर्वाचन गर्न आयोगसक्षम रहेको दाबीसमेत गरे ।

‘आयोगले निर्वाचनका लागि १ सय २० दिनको समय आवश्यक पर्ने सुझाएको थियो, सरकारले तोकेको समय हेर्दा निर्वाचनका लागि पर्याप्त रहेको र सो दिनमा निर्वाचन गर्न आयोग सक्षम रहेको छ,’ आयोग प्रवक्ता पौडेलले भने ।

निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै आयोगले सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृत कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *