स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्षमा एमालेलाई सर्वाधिक मत : निर्वाचन आयोगले सार्वजनिक गर्‍यो यस्तो विवरण

काठमाडौं ! बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पदमा एमालेले सर्वाधिक मत प्राप्त गरेको छ।

 

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार एमालेले नगरपालिका प्रमुखमा ३४ दशमलब ५८ अर्थात २३ लाख ४८ हजार ७ सय ९ मत प्राप्त गरेको छ। उपप्रमुखमा ३६ दशमलब २५ प्रतिशत अर्थात २२ लाख ७० हजार ३ सय २४ मत ल्याएको आयोगले जनाएको छ।

त्यसैगरी गाउँपालिका अध्यक्षमा एमालेले ३३ दशमलब १४ प्रतिशत र उपाध्यक्षमा ३३ दशमलब ३९ प्रतिशत मत ल्याएको आयोगले जनाएको छ।

नेपाली कांग्रेसले प्रमुखमा २२ लाख ७९ हजार ३ सय ६३ अर्थात ३३ दशमलब ५६ प्रतिशत मत ल्याएको आयोगले जनाएको छ । उपप्रमुखमा उसले २४ दशमलब २ प्रतिशत मत प्राप्त गर्‍यो।

कांग्रेसले गाउँपालिका अध्यक्षमा ३३ दशमलब २ र उपाध्यक्षमा ३० दशमलब ०७ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले प्रमुखमा ६ लाख २७ हजार ६ सय ९३ अर्थात् ९ दशमलब २४ र उपप्रमुखमा ९ लाख ४९ हजार ८ सय ५८ अर्थात् १५ दशमलब १७ प्रतिशत मत ल्याएको छ । उसले गाउँपालिका अध्यक्षमा १५ दशमलब ९८ र उपाध्यक्षमा १७ दशमलब ६६ प्रतिशत मत ल्याएको आयोगको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *