निर्वाचन आयोगले अनलाइन नामावली भर्ने कार्य थप ५ जिल्लामा विस्तार

काठमाडौं ! निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट शुरू गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप ५ जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा शुरू गरेको कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप ५ जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *