निर्वाचन आयोग : मतदान स्थलमै आयोगले मत हाल्न सिकाउने

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा दुई दिन अघिबाट मतदातालाई मत हाल्न सिकाउने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले २८ र २९ गते मतदान केन्द्रबाटै मत हाल्न सिकाइने जानकारी दिए।

थपलियाका अनुसार १ लाख २२ हजार कर्मचारी निर्वाचन गराउनका लागि खटनपटन गरिसकेको जानकारी दिए ।
शुक्रबार नेपाल टेलिभिजनसँगको एक अन्तर्वार्तामा थपलियाले मतदान गराउने कर्मचारीहरु २७ गते साँझ सम्ममा मतदान स्थलमा पुगिसक्ने बताए । दुई दिनमा मतदान केन्द्र निर्माण गर्ने उनले जानकारी दिए। अपंगमैत्री हुने गरि मतदान केन्द्र बनाइने उनले बताए।

मतदान केन्द्रमा नै हेल्प डेस्क स्थापना गरिएको र त्यहाँ मतदान गराउने सही तरिका सिकाइने जानकारी दिए । ‘५४ हजार भोलेन्टियर र कर्मचारीले मतदान गर्न सकिउनु हुन्छ’ उनले भने, ‘कुनै कन्फ्युजन छ भने त्यहाँ जानुस्।’

मत खेर नजान दिनका लागि जानेका मतदाताले अन्यलाई सिकाउन उनले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *