निर्वाचन आयोग : यी हुन् मत बदर हुने कारणहरु

काठमाडौं– निर्वाचन आयोगले मत बदर हुने कारण सार्वजनिक गरेको छ। आयोगले मतदाताले मत संकेत गर्दा विचार पुर्‍याएर मतदान गर्नुपर्ने बताएकाे छ।
मतदाताकाे कमजाेरीले  मत बदर हुन सक्ने आयोगकाे भनाइ छ।

यी हुन मतपत्र बदर हुने अवस्थाः 
सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको
मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको
उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको
उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको
कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको
निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको
मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको
आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
मतपेटिका भन्दा बाहिर राखिएको
जाली मतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *