निर्वाचन आयोग : सामाजिक सञ्जालमा उम्मेदवार र दललाई लाञ्छना लगाए कारबाही गरिने

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने खालका सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुग्ने बताएको छ ।

यस्तो काम गरेमा निर्वाचन आचार संहिता विपरीत हुने र आयोगले कारबाही गर्ने प्रवक्ता शाालिग्राम शर्मा पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *